सानिमा जनरल इन्स्योरेन्सको ३० करोडको आईपीओ आउँदै

0
Shares

 

 

सानिमा जनरल इन्स्योरेन्सले तीस करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर जारी गर्ने प्रक्रिया अघि बढाएको छ ।

जसका लागि एनआईसीएशिया क्यापिटल लिमिटेड र सानिमा जनरल इन्स्योरेन्स लिमिटेड बीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको छ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ३० लाख कित्ता शेयर जारी गर्नेछ । कम्पनीले कर्मचारीहरु तथा ५ प्रतिशत म्युच्युअल फण्ड समेतलाई समेत गरी उक्त परिमाणमा शेयर जारी गर्ने जनाएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रहेकोमा कम्पनीले सर्वसाधारणमा शेयर निष्काशन गरे पश्चात चुक्ता पूँजी एक अर्ब पुग्नेछ।