सिभिल लघुवित्तले पायो शतप्रतिशत हकप्रद बिक्री गर्ने अनुमति

0
Shares

नेपाल धितोपत्र बोर्डले सिभिल लघुवित्तलाई शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको एक बराबर एकको अनुपातमा ११ लाख ४१ हजार १४० कित्ता हकप्रद शेयर बिक्री गर्नेछ। हाल लघुवित्तको चुक्ता पूँजी ११ करोड ४१ लख १४ हजार रुपैयाँ छ ।

उक्त हकप्रद शेयरलाई केयर रेटिङ नेपालले कमजोर रेटिङ दिएको छ । हकप्रदलाई केयर रेटिङ नेपालले औषतभन्दा कमजोर आधार जनाउने केयर एनपी आइपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको हो ।

कम्पनीको हकप्रदमा बिक्री प्रबन्धकको काम सेञ्चुरी क्यापिटले गर्नेछ ।