कृषि विकास बैंकको अध्यक्षमा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक निरौला

0
Shares

कृषि विकास बैंक (ADBL) को अध्यक्षमा लक्ष्मी प्रपन्न निरौला नियुक्त भएका छन्।

बैंक संचालक समितिले मंगलबार उनलाई अध्यक्षमा नियुक्त गरेको हो। दुई महिना अघि उनले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकास पाएका थिए।

निरौला राष्ट्र बैंकमा ३० वर्ष कार्यरत थिए। राष्ट्र बैंकमा नीति निर्माणदेखि बैंक सुपरिवेक्षमा विभागमा काम गरेको तथा विभिन्न बैंक तथा वित्तीय संस्थाको उच्चतहमा रही काम गरेको लामो अनुभव रहेको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त बैंक अध्यक्षलाई नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरिञ्जीवी नेपालले सपथ ग्रहण गराए ।