सिटिजन्स बैंकले डाक्यो विशेष साधारण सभा

0
Shares

सिटिजन्स बैंक इन्टरनेशनल (CZBIL) ले चैत १० गते अमृतभोग पार्टी प्यालेस कालिकास्थान डिल्लिबजारमा दिउँसो १ बजे पाँचौं विशेष साधारण सभा आह्वान गरेको छ ।  सहयोगी विकास बैंकलाई प्राप्ती गर्ने सम्पूर्ण प्रकृयालाई अन्तिम स्वीकृतिका लागि बैंकले सभा बोलाएको हो।

सभाले डिडिए रिर्पोट अनुसार कायम हुन आएको सहयोगी विकास बैंकको १०० कित्ता शेयर बराबर सिटिजन्सको ९१ दशमलव ७५ कित्ता अनुपातमा कायम भएको शेयर स्वाप रेसियो स्वीकृत गर्ने, मर्जर तथा प्राप्तीका सम्बन्धमा संयुक्त मर्जर कमिटीबाट भए गरेका सम्पूर्ण कार्यहरु अनुमोदन गर्ने र सिटिजन्स बैंकको चुक्ता पूँजीवृद्धि गरि ९ अर्ब ८ करोड ९८ लाख १७ हजार २९० रुपैयाँ हुनेगरि बैंकको प्रबन्धपत्र तथा नियमावली संसेधन गर्ने लगायतका एजेण्डा उपर छलफल गरि पारित गर्नेछ।

विशेष साधारण सभाका लागि बैंकले चैत ३ गते शेयर दाखिला खारेजी मिति तोकेको छ । यसअनुसार चैत २ गते आइतबारसम्म कायम बैंकका लगानीकर्ताले मात्र उक्त सभामा प्रतिनिधित्व जनाउन सक्नेछन्।