मान्छेको अनुहार हेरेर शेयर किनबेचको निर्णय नगर्नुस् : अर्थमन्त्री

0
Shares

अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर लगानीकर्ताहरुलाई एउटा मान्छेको अनुहार हेरेर शेयर किनबेच नगर्न सुझाब दिएका छन् । यो साता मन्त्रीपरिषदले गरेको निर्णयहरु सार्वजनिक गर्ने क्रममा मन्त्री खतिवडाले शेयरको भाउ तलमाथि हुनु भनेको बजारको सेन्टिमेन्ट भएको प्रष्ट पारे।

पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले भने, ‘कुनै एउटा मान्छेको अनुहारको बिषयसँग शेयरबजारलाई जोड्ने होईन। आफुले लगानी गरेका कम्पनीको वासलत, नाफा नोक्सानको अवस्था, भविष्यमा त्यस कम्पनीको व्यवसायाको कस्तो भएर जान्छ त्यो आँकलन गरेर मात्र लगानीकर्ताले शेयर किनबेच गर्नुपर्छ।’

‘लगानीकर्ताले लगानीको निर्णय गरिरहदा सरकारबाट आउने नीति के कस्ता हुन्छन् त्यो पर्खनुपर्ने हुन्छ, नीतिगत रुपमा समस्या छन् भने बसेर कुरा गर्न सकिन्छ ।उनले भने ।

‘नीति ठिक हुने प्रणाली ठिक हुने कम्पनीको क्षमता र स्वास्थथ राम्रो हु्ने तर भाउ तलमाथि हुने भनेको बजारको सेन्टिमेन्ट हो । त्यो भएर बजारको सेन्टिमेन्टलाई बजारकै सेन्टिमेन्टको रुपमा लिनुपर्छ , हामी कसैसँग जोडेर हेर्न मिल्दैन।’ मन्त्री खतिवडाले भने।

विगत दुई बर्षमा पूँजीबजारमा सबैभन्दा धेरै नीतिगत सुधार भएको उल्लेख गर्दै मन्त्री खतिवडाले भने, नीति नियम बनाउने कुरामा होस् चाहे त्यो कर प्रणाली सुधारको कुरामा होस्, चाहे त्यो कारोबारलाई एकदम छिटो समयमा राफसाफ गर्ने कुरा होस् चाहे त्यो मार्जिनसँग सम्बन्धित कुरा होस् । यति धेरै पूँजी बजारमा सुधार भएको छ कि मलाई लाग्छ यस भन्दा अगाडि धेरै बर्ष लागेर पनि यो स्थितिमा पुगेको थिएन । अनलाइन ट्रेडिङदेखि लिएर सबै कुराहरु ।

‘बाँकी कुरा भनेको के हो भने मैले पहिले पनि भनेको थिए। ‘यु क्यान टेक द हर्स टु द वाटर वट यु क्यान नट मेक इट ड्रिंक, अर्थमन्त्रीको काम लगानीकर्तालाई लगानीको अवसरसम्म पुर्याइदिने हो बाँकी लगानीकर्ताको जिम्मा । शेयर बजारको कुरा यहि हो ।’  अर्थमन्त्रीले भने ।