गाउँपालिकाका अध्यक्षको नेतृत्वमा साढे २५ लाख भष्ट्राचार

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोट जुनीचाँदे गाउँपालिकाका अध्यक्ष र एक जना वडा अध्यक्षले साढे २५ लाख भष्ट्राचार गरेको आरोपत्र दायर गरेको छ।

आयोगले जाजरकोट जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर के.सी र वडा नं ५ का वडा अध्यक्ष राज बहादुर शाहीले सडक निर्माण कार्यमा कमिसन बापत रकमको लागि बार्गे्निङ गरी उक्त रकम भष्ट्राचार गरेको जनाएको छ।

के.सी. र शाहीले एकआपसमा मिलेमतो गरी सेवाग्राहीसँग सडक निर्माण कार्यमा कमिसन बापत रकमको लागि बार्गे्निङ गरी पटक-पटक नगदै लिई, बैंक खातामा जम्मा गर्न, बिभिन्न होटलमा तिर्न र गाडी रिजर्भको भाडा तिर्न लगाई बिभिन्न बरबहानामा पच्चीस लाख पचास हजार घुस लिएको अख्तियारको ठहर छ ।

उनीहरु विरुद्ध बिगो २५ लाख ५० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई बिहीबार विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरीएका आयोगले जनाएको छ।