एनआईसी एशिया क्यापिटलको तेश्रो वर्ष पूरा, सेवामा विशेष छुट

0
Shares

एनआईसी एशिया क्यापिटले फागुन २२ गतेदेखि सञ्चालनमा आएको तीन वर्ष पूरा गरेको गरेको छ। यस अवसरमा बैंकले विभिन्न नयाँ ग्राहकहरुलाई सेवा शुल्कमा विशेष छुट योजना ल्याएको छ।

जस अन्तर्गत फागुन २२ गते देखि मिति २०७७ आषाढ मसान्तसम्म निशुल्क रुपमा हितग्राही खाता खोलिदिने तथा पहिलो वर्षको खाता संचालन शुल्कमा छुटको व्यवस्था गरेको छ ।साथै चैत्र मसान्त सम्म लगानी व्यवस्थापन सेवा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ।

यसैगरि क्यापिटलमा हितग्राही खाता खोली शेयर कारोबार गर्ने खाताधारकहरु, क्यापिटलले सञ्चालन गरेको सामूहिक लगानी योजनामा लगानी गरेका इकाईधनीहरु, क्यापिटलको लगानी व्यवस्थापन सेवा लिइरहेका सेवाग्राहीहरु, शेयर रजिष्ट्रार सेवामा आबद्ध कम्पनीहरु तथा नियामक निकायहरु लगायत सम्पूर्ण सरोकारवालाहरुमा समस्त क्यापिटल परिवार हार्दिक कृतज्ञता तथा आभार व्यक्त गरेको छ।

क्यापिटलले आगामी दिनमा प्रदान गरिने सेवा सुविधालाई छिटो छरितो र सेवाग्राहीमुखी उच्च कोटिको सेवा उपलब्ध गराउन प्रतिबद्धता व्यक्त गरेको छ।

संचालनमा आएको छोटो समयमा नैं मर्चेण्ट बैंकिङ्ग क्षेत्रमा सफल मर्चेट बैंकरको रुपमा आफ्नो नाम स्थापित गर्न सफल भएको छ । मर्चेण्ट बैंकिङ्ग ब्यवसायमा तिब्र रुपमा प्रतिशपर्दा रहदा समेत एन आई सी एशिया क्यापिटल संचालनमा आएको तीन वर्षको छोटो अवधिमै निम्न उपलब्धी हासिल गर्न सफल भएको छ।

क्यापिटलले हाल २ वटा बन्दमुखी योजना मार्फत ३५ हजार भन्दा बढी इकाईधनीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेका छ भने नेपालमै पहिलो पटक ऋणपत्रमा लगानी गर्ने प्रमुख उदेश्यका साथ खुलमुखी सामूहिक लगानी कोष योजना संचालन गर्न स्वीकृतीको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।

क्यापिटलमा निक्षेप सदस्य तर्फ १ लाख ८३ हजार भन्दा बढी हितग्राही खाता सञ्चालनमा रहेका छन् भने लगानी व्यवस्थापन सेवा तर्फ ३०० ग्राहकहरुलाई उत्कृष्ट लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको छ। सेवाग्राहीहरुलाई उत्कृष्ट सेवा दिने उद्देश्यका साथ संध्याकालीन काउण्टर संचालन तथा शेयर रजिष्ट्रार सेवा तर्फ ८ वटा कम्पनीका २ लाख ५० हजार भन्दा बढी शेयरधनीहरुलाइ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ।

प्रकाशित मिति: २२ फागुन २०७६, बिहीबार  १९ : ४४ बजे