ग्लोबल आइएमईको टपअप मुद्दती निक्षेप योजना

0
Shares

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले ग्लोबल टपअप मुद्दती निक्षेप योजना संचालनमा ल्याएको छ । निक्षेपकर्तालाई नियमित बचतको लागि उत्प्रेरित गरी उच्च प्रतिफल प्रदान गर्ने उदेश्यका साथ योजना ल्याएको बैंकले जनाएको छ ।

यस योजनामा न्यूनतम दश हजारमा सहभागी हुन सकिने छ । जस अन्तर्गत व्यक्तिगत निक्षेपकर्ताले ६ महिनादेखि ६० महिनाको अवधि छनौट गरी वार्षिक ९।७५ प्रतिशतसम्म व्याज प्राप्त गर्न सक्नेछन् ।
साथै  योजनामा निक्षेपकर्ताले इन्टरनेट बैंकिङ्ग वा मोबाइल बैंकिङ्ग मार्फत रकम ट्रान्सफर गरी उक्त समयावधीभित्र मौज्दात रकम थप गर्न सक्ने सुविधा समेत रहेको छ ।

ग्राहकहरुले आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा ग्लोबल टपअप मुद्धती खाता खोली यो योजनामा सहभागी हुन सक्नेछन् ।

बैंकले हाल देशभर २७० शाखा संजाल, २४९ शाखा रहित बैंकिङ्ग, ३४ एक्सटेन्सन काउन्टर र २५७ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।
बैंकले वित्तीय सेवाको पहँुच नपुगेका देशका विभिन्न सुगम तथा दुर्गम स्थानहरुमा आफ्ना शाखा संजाल विस्तार गरी स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट नेपालको बैकिङ्ग क्षेत्रमा एक उत्कृष्ट बैंक हुने लक्ष्य राखेको छ ।