सेञ्चुरी बैंकका एटिएम तथा डिजिटल बैंकिङ्ग कारोबार १२ घण्टा बन्द रहने

0
Shares

सेञ्चुरी बैंक (CCBL) का एटिएमका साथै सम्पूर्ण डिजिटल बैंकिङ्ग कारोबार १२ घण्टा बन्द हुने भएको छ ।

बैंकले एक सूचना प्रकाशित गर्दै शुक्रबार(आज) बेलुका देखि भोलि शनिबार बिहान ९ बजेसम्म १२ घण्टा एटीएम लगायत सम्पूर्ण डिजिटल बैंकिङ्ग कारोबार बन्द हुने जनाकारी गराएको छ ।

बैंकको केन्द्रिय बैंकिङ्ग प्रणाली (सीबीएस) सर्भरको स्तरोन्नति गर्ने काम भइरहेकाले बैंकको डिजिटल कारोबार बन्द गर्नुपरेको जनाईएको छ।

बैंकले आफ्ना सेवालाई नयाँ प्रविधिमा स्थान्तरण गर्ने क्रममा ग्राहकलाई पर्न जाने असुविधको लागि क्षमा याचना समेत गरेको छ।