एक सातामै दश कम्पनीको ९० अर्बले घट्यो बजार पूँजीकरण

0
Shares

शेयर बजार परिसूचक नेप्से करिब २०० अंकले घट्दा सातामा उच्च पूँजीकरण हुने १० कम्पनीको कूल बजार पूँजीकरणमा ९० अर्ब ८ करोड ४९ लाख रुपैयाँ बराबरको गिरावट भएको छ ।

साताभरिमा कूल २ खर्ब ५० अर्ब ८२ करोढ ९० लाख रुपैयाँले बजार पूँजीकरण घटेकोमध्ये शिर्ष १० कम्पनीकै ९० अर्ब ८ करोड ४९ लाख रुपैयाँले घटेको हो। कूल घटेको बजार पूँजीकरणमध्ये शिर्ष १० पूँजीकरण भएका कम्पनीहरुको हिस्सा ३५.९२ प्रतिशत रहेको छ।

साताको पहिलो कारोबार दिन आइतबार २० खर्ब ८३ अर्ब ६८ करोड रुपैयाँ रहेको कूल बजार पूँजीकरण गत हप्तामा २ खर्ब ५० अर्ब ८२ करोड ९० लाख रुपैयाँले घटेर १८ खर्ब ३२ अर्ब ८५ करोड ५६ लाखमा झरेको हो।

सातामा सबैभन्दा धेरै बजार पूँजीकरण रहेको नेपाल दूरसञ्चार कम्पनीको ९ अर्ब १५ करोडले पूँजीकरण घटेर ९८ अर्ब ७० करोड रुपैयाँमा झरेको हो। गत साता यस कम्पनीको कूल बजार पूँजीकरण १ खर्ब ७ अर्ब ८५ करोड रहेको थियो।

त्यसैगरि नबिल बैंकको ११ अर्ब ५९ करोड, नेपाल लाईफको ११ अर्ब ६५ करोड, एनएमबि बैंकको ५ अर्ब ३० करोड, एभरेष्ट बैंक १० अर्ब ८७ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकको ९ अर्ब ६७ करोड, हिमालयन बैंक ८ अर्ब ८० करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १० अर्ब ९७ करोड, एनआईसी एशिया ८ अर्ब २६ करोडले बजार पूँजीकरणमा क्षयिकरण भएको हो।

दशौं ठूलो बजार पूँजीकरण रहेको ग्लोबल आईएमई बैंकको बजार पूँजीकरणमा २३ अर्ब ७९ करोडले ह्रास आएको छ । गत साता ५८ अर्ब ६ करोड ६१ लाख कूल बजार पूँजीकरण रहेको बैंकको घटेर ५४ अर्ब २७ करोड १० लाख रुपैयाँमा सीमित भएको हो।

यद्यपी अन्य कम्पनीको पूँजीकरण धेरै घट्दा ग्लोबल आईएमई बैंक र हिमालयन बैंक गत साताको तुलनामा यस साता बजार पूँजीकरणका स्थानमा एक एक स्थान माथि उक्लिएका छन्।

  • लघुवित्तको सूचक १६ प्रतिशतले घट्यो

यस साता समूहगत परिसूचकमध्ये कारोबारमा आएका सबै उपसमूहका सूचक घटेका छन्। १२ उपसमूहमध्ये लघुवित्तको सूचक सबैभन्दा धेरै १६.१० प्रतिशतले घटेको छ। आइतबार २ हजार ७४७ दशमलव ३१ बिन्दुमा खुलेको लघुवित्तको सूचक २ हजार ३०५ दशमलव ०५ बिन्दुमा अडिएको हो।

यसैगरि निर्जीबन बीमा, जीबन बीमा, होटल, नेप्से, बैंकिङ्ग, उत्पादन, फ्लोट, सेन्सिेटिभ फ्लोट, र सेन्सेटिभ इन्डेक्स पनि १० प्रतिशत बढीले घटेको छ ।

वित्त उप समूहको परिसूचक भने सबैभन्दा कम घटेको छ । वित्तको सूचक ७१२ दशमलव ६७ बाट १.४८ प्रतिशतले घटेर ७०२ दशमलव ०९ बिन्दुमा झरेको हो।