नेपालीलाइ कतार जान रोक


कतार सरकारले कोरोना भाइरसको कारण देखाउदै नेपाल सहित १४ देशका नागीलाइ प्रवेश निषेध गरेको छ । कतारले कारोनाका कारण अस्थायी रुपमा प्रवेशमा निषेश गरेको हो ।

विश्वभर तीव्र रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न कतारले छोटो अवधिका लागि नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका र थाइल्याण्डका नागरिकलाई अस्थायी रुपमा प्रवेशमा रोक लगाउने निर्णय गरेको गल्फ टाइम्सले जनाएको छ । कतार सरकारले गरेको सो निर्णय सोमबार देखि लागु हुने जनाको छ ।

कतारले आफ्ना नागरिकलाई अत्यावश्यकबाहेक विदेश यात्रा नगर्न अनुरोध समेत गरेको छ । कतारमा हालसम्म १५ जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार मात्रै थप ३ जनामा संक्रमण देखिएको थियो ।

कतार एयरवेजले इटालीको सम्पूर्ण उडान रद्द गरेका बेला त्यहाँको सरकारले थप १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको हो । कोरोना भाइरसको रोकथामका लागि यो निर्णय लिइएको बताइएको छ । यसको असर पर्यटक, स्थायी बसोबास गर्ने प्रवासी र कामदार भिसामा आउनेहरुलाई पर्नेछ । कतार नेपाली कामदारको रोजगार गन्तव्य मुलुक हो । कतारको यो निर्णयले नेपाली कामदार पनि प्रभावित हुनेछन् ।