भारतीय शेयर बजारमा अस्वभाविक गिरावट, लगानीकर्ता प्यानिक बन्दै


चीनवाट सुरु भएको कारोना भाइरस विश्वभर फैलिएपछि विश्व अर्थतन्त्रमा नै असर देखिन थालेको छ । विश्व बजारमा तेलको मूल्यमा करिब २९ वर्ष यताकै उच्च गिरावट आएको छ भने विश्वका पुँजी बजारमा पनि उत्तिकै जोखिममा देखिएका छन् ।

सोमबार विश्व बजारमा तेलको मूल्य ३१ प्रतिशतसम्मले घटेपछि भारतीय शेयर बजारमा अस्वभाविक गिरावट आएको छ । यो समाचार तयार पार्दासम्ममा भारतीय शेयर बजार परिसूचक सेन्सेक्स करिब २३ सय भन्दा धेरै अंकले घटेको छ भने निफ्टी साढे ६ सय अंकले घटेको छ ।

भारतीय शेयर बजार पछिल्ला दिनहरुमा निरन्तर उच्च अंकले घट्दै आएको छ। यो सातामा कारोबार हुने पहिलो दिन सोमबार बम्बई स्टकम एक्सचेन्ज परिसूचक सेन्सेक्स २३२८ अंकले घटेको छ भने नेशनल स्टक एक्सचेन्ज परिसूचक निफ्टी ६५४ अंकले घटेको छ ।

सोमबार कारोबार सुरु भएदेखि घट्दो क्रममा रहेको भारतीय शेयर बजार निरन्तर उच्च अंकले घटीरहेको छ । भारतीय यस बैंकमा समस्या आएपछि शेयर बजारमा त्यसको समेत नकारात्मक प्रभाव परेको हो ।

भारतीय रुपैयाँ डलरको समुन्ने कमजोर हुनु, तेलको मूल्यमा गिरावट आउनु तथा कोरोना मभाइरसको संक्रमण वढ्दै जानुले भारतीय सेयर लगानीकर्ता झनै त्रैसीत भएपछि पुँजीबजार नै प्यानीक अवस्थामा देखिएको हो ।

सोमबार २ बजेसम्ममा सेन्सेन्स २३३३२.२३ अंकले घटेर ३५ हजार २५४ अंकमा पुगेको छ भने निफ्टी ६४९.८० अंकले घटेर १० हजार ३३९ अंकमा झरेको छ । सेन्सेक्समा सूचीकृत ३० कम्पनी मध्ये धेरैको शेयरमूल्य घटेको छ ।