गुहेश्वरी मर्चेण्टको प्रदेश १ मा दुई शाखा विस्तार

0
Shares

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स (GUFL) ले फागुन २८ गतेदेखि विर्तामोड र पथरी शाखा कार्यालयहरुको शुभारम्भ गरेको छ। संस्थाका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठको उपस्थितिमा फाइनान्सको विर्तामोड शाखाको उद्योग वाणिज्य संघको अध्यक्ष कुमार भट्टराई र पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख दिलिप कुमार राईबाट विधिवत उद्घाटन गरेका हुन्।

हरिहर भवन, ललितपुरमा प्रधान कार्यालय रहेको फाइनान्सको विर्तामोड शाखा र पथरी शाखा औपचारिक उद्घाटन पछि प्रदेश नम्बर एकमा ४ वटा शाखा कार्यालयहरु संचालनमा आएको छ।

यसैगरि प्रदेश नम्बर दुईमा ५ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन काउन्टर, बागमती प्रदेशमा ६ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन काउण्न्टर, प्रदेश नम्बर पाँचमा ३ वटा शाखा कार्यालयहरुबाट सेवा प्रदान गर्दै आइरहेको थियो। साथै फाइनान्सले प्रदेश नम्बर पाँचमा २ वटा र गण्डकी प्रदेशमा ४ वटा शाखा कार्यालयहरु शीघ्र सुभारम्भ हुने जनाएको छ।

फाइनान्सले हालसम्म निक्षेप संकलन ४ अर्ब ३७ करोड तथा कर्जा लगानी ३ अर्ब ५६ करोड प्रवाह गरी २०७६ पुस मसान्तसम्ममा ३ करोड १२ लाख सञ्चालन मुनाफा गरेको थियो। यस वित्तीय संस्थाको चुक्तापूँजी ८० करोड तथा जगेडा कोषमा २३ करोड ७२ लाख रहेको छ।

बैंकिङ्ग सेवामा एटीएम सेवा, एसएमएस, इन्टरनेट बैंकिङ्ग, सेवा, इसीसी सेवा, कनेक्ट आईपीएससेवा, सुरक्षित लकर सुविधा, मोबाइल टपअप, विभिन्न विप्रेशन सेवा तथा डिपी सेवा र सि आश्वा सेवा साथै व्यक्तिगत खाताको लागि ३ लाखसम्मको निक्षेप बीमा समेत गरिएको र मोबाइल बैंकिङ्गको सेवा पनि शुभारम्भ भैसकेको जनाइएको छ।