सांग्रिला डेभलपमेन्ट बैंकको क्रमिक मुद्दती खाता योजना संचालनमा

0
Shares


सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) ले आफ्ना ग्राहकलाई लक्षित गरी “थोरै थोरै बचतको निरन्तरता, छाउनेछ जीवनमा सम्पन्नता ” भन्ने सोचका साथ सांग्रिला क्र्रमिक मुद्दती योजना सार्वजनिक गरेको छ ।

यो योजना न्यूनतम मौज्दात ५ सय रुपैयाँ बाट सुरु गर्न सकिनेछ । यस मुद्दती योजना अन्र्तगत ग्राहकले केवल ३६ महिनाको क्रमिक मासिक बचतमा ४२ महिना बराबरको भुक्तानी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

साथै यस योजना अन्र्तगत ३ वर्ष सम्म ब्याजदरमा कुनै परिर्वतन नहुने व्यहोरा जानकारी गराएको छ।

यस योजना बाट ग्राहक महानुभावले अधिकतम लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ । बैंकले मुलुकभरका ९१ शाखा कार्यालयहरु, २६ एटिएम मार्फत सेवा दिदै आएको छ ।