महालक्ष्मी विकास बैंकको साढे ४ लाख कित्ता संस्थापक शेयर साधारणमा रुपान्तरण

0
Shares

महालक्ष्मी विकास बैंकको साढे चार लाख कित्ता बढी संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन भएको छ ।

नेप्सेका अनुसार बैंकले साधारण शेयर ४ लाख ५७ हजार ७ सय ३७.१४ कित्ता शेयर साधारणमा रुपान्तरण गराएको हो।

उक्त परिमाणको प्रोमोटर शेयर पब्लिकमा परिणत भएपछि बैंकमा संस्थापक शेयरधनीको शेयर स्वामित्व ५२.४९ प्रतिशत तथा साधारण शेयरधनीको ४७.५१ प्रतिशत शेयर हिस्सा कायम हुनेछ।