लुम्बिनी विकास बैंकमा सञ्चालकमा खतिवडा

0
Shares

लुम्बिनी विकास बैंक (LBBL) ले केशव खतिवडालाई बैंक सञ्चालक नियुक्त गरेको छ । बैंक सञ्चालक समितिको फागुन २९ गते सम्पन्न ३५९ औं बैठकले झापा तोपगाछि ६ स्थायी निवासी खतिवडालाई सञ्चालक बनाएको हो।

खतिवडा संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्नेगरि बैंकको रिक्त रहेको सञ्चालक चयन भएका हुन्। उनी दीप इन्भेष्टमेन्ट प्रालिको तर्फबाट प्रतिनिधित्व गर्नेगरि सञ्चालक भएका हुन्।

प्रकाशित मिति: ३० फाल्गुन २०७६, शुक्रबार  १७ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।