बैंकको साँवा ब्याज र कर तिर्ने म्याद तीन महिना थप गर्न व्यवसायीको माग

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघले उद्योगी व्यवसायीहरुले बैंकबाट लिएको साँवा ब्याज र कर तिर्ने समयअधि तीन महिना थप गर्न माग गरेको छ ।

 महासंघकोे शुक्रबार बसेको कार्यसमितिको बैठकले कोरोनाको कारण विश्व अर्थतन्त्रमा गम्भिर धक्का पर्ने देखिएको र त्यसको असर नेपालमा समेत पर्न गाएकाले उद्योग व्यवसाय चौपट भएको बताउँदै सरकारले सहुलियत दिनुपर्ने माग राखेको हो।

महासंघले उद्योगी व्यवसायीले बैंकबाट लिएको ऋणको सावा व्याज र सरकारलाई २०७६ चैत्र मसान्तसम्म तिर्नुपर्ने करको समयावधी तीन महिना थप गर्न नेपाल सरकारलाई अनुरोध गर्ने भएको छ।

यस्तै, नेपाल कोरोना भाइरस संक्रमण नदेखिएपनि जोखिमपूर्ण राष्ट्रको माथिल्लो सूचिमा रहेकाले यसबाट आउन सक्ने समस्यासंग जुध्न नेपाल सरकारले ल्याएका सबै कार्यक्रम, रणनीति र स्वास्थ्य योजनामा महासंघले सरकारलाई सहयोग गर्ने र त्यसका लागि आफ्ना सबै संरचनालाई प्रभावकारी ढंगबाट परिचालन गर्दै स्थितिको समीक्षा गर्न आवश्यकतानुसार महासंघका पदाधिकारी समितिको बैठक बस्ने जनाएको छ ।

साथै महासंघले कोरोना भाइरसका कारण प्रभावित उद्योगलाई आकर्षक प्याकेज ल्याउन आग्रह गरेको छ। त्यस्तै आफ्ना सबै सदस्य संघ संस्था उद्योग प्रतिष्ठानहरूलाई अत्यावश्यक सामग्रीहरूको पारदर्शी र निश्पक्ष रूपमा विक्रि वितरण गर्न पनि आग्रह गरेको छ।

चुनाव स्थगन नगर्ने निर्णय

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन तत्कालकै अवस्था रहिरहे नसर्ने भएको छ । शुक्रबार बसेको महासंघको स्थायी समिति बैठकले तत्कालका लागि चुनाव स्थगन नगर्ने निर्णय गरेको हो ।

महासंघको अधिवेशन आगामी २८ र २९ चैतमा हुँदैछ । चुनाव आउन अझै एक महिना बाँकी रहेकाले अहिले नै आत्तिएर निर्णय गर्नुको कुनै अर्थ नरहेकाले तत्कालका लागि चुनाब नसार्नेमा महासंघ पुगेको हो।