देव: विकास बैंकले घोषणा गर्यो बोनस शेयर

0
Shares

कुमारी बैंकसँग विलिय प्रक्रियामा रहेको देव: विकास बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको फागुन ३० गते सम्पन्न ३१५ औं बैठकले आव २०७५/७६ को मुनाफाबाट चुक्ता पूँजी ३ अर्ब १७ करोड ७१ लाख ९२७ रुपैयाँको ८.५५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो। यसअनुसार बैंकले २७ लाख १६ हजार ४२१ रुपैयाँको बोनस बाँड्नेछ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन्।
अघिल्लो बर्ष पनि बैंकले ८.५५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

कुमारी बैंकले देवः विकास बैंकलाई १००ः८६ अनुपातमा एक्वायर गर्ने सम्झौता गरिसकेको छ । कुमारी बैंकले एक्वायर गर्ने भएपछि गत माघ २ गतेदेखि देवः विकास बैंकको शेयर कारोबार रोक्का छ।

कुमारी बैंकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । देव: विकास बैंकको चुक्ता पुँजी ३ अर्ब १७ करोड रुपैयाँ छ । बोनसपछि २७ लाख १६ हजार चुक्ता पूँजी बढ्नेछ।