नेप्से ४.६६% ले घट्यो, सबै उपसूचक राताम्मे भएको बजारमा ३ कम्पनीको मात्र शेयरमूल्य बढ्यो

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कारोबार समय बढाएको पहिलो दिनमा नै नेप्से ४.६६ प्रतिशत अर्थात ६४.१४ प्रतिशतले घटेको छ । यससँगै नेप्से १ हजार ३१३ दशमलव ०४ बिन्दुमा झरेको छ।

यसदिन युनाइटेड मोदी हाइड्रोपाावर, सिन्धु विकास बैंक र वोमी लघुवित्तको १ प्रतिशत थोरैले मात्र शेयरमूल्य बढेको छ भने बाँकी १६४ कम्पनीको शेयरमूल्य घटेको छ।

आज कारोबारमा आएर शेयरमूल्य घटेका १६४ कम्पनीमध्ये सामुदायिक लघुवित्त, हिमालयन जनरल इन्स्योरेन्स, मिथिला लघुवित्त, नेरुडे लघुवित्त, सर्पोट माइक्रोफाइनान्स, नेपाल सेवा लघुवित्त, मेरो माइक्रोफाइनान्स, सगरमाथा इन्स्योरेन्स, सूर्या लाईफ, प्राइम लाईफ, र युनाइटेड इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशत धेरैले घटेको छ।

नेप्सेमा उच्च गिरावट आएसँगै कारोबारमा आएका सबै उप समूहका परिसूचक राताम्मे भएका छन्। यसदिन जीबन बीमाको सूचक सबैभन्दा धेरै ७.८७ प्रतिशतले घटेको छ भने निर्जीबन बीमा ६.९४ प्रतिशत, ब्यापार ५.२० प्रतिशत, बैंकिङ्ग ४.७० प्रतिशत र लघुवित्तको ४.१९ प्रतिशतले घटेको छ।

यसदिन १७४ कम्पनीका ५५ लाख ७० हजार ३० कित्ता शेयर २४ हजार ४१ पटक खरीद बिक्री हुँदा २ अर्ब १० करोड १४ लाख १७ हजार रुपैयाँको कारोबार भएको छ।

आज पनि नेपाल लाईफको सबैभन्दा धेरै १७ करोड ३६ लाख ९० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। एनआईसी एशिया बैंकको ११ करोड ४६ लाख र एनएमबि बैंकको १० करोड ५६ लाख रुपैयाँ धेरैको कारोबार भएको छ।

शिवम् सिमेन्टस, नेपाल बैंक, हिमालयन डिष्टिलरी, नबिल बैंक, ग्लोबल आईएमई बैंक, एभरेष्ट बैंक र प्रभु बैंक पनि शिर्ष कारोबार हुने दश कम्पनीमा समेटिएका छन्। दशमध्ये कम कारोबार भएको प्रभु बैैंकको ४ करोड ३२ लाख धेरैको कारोबार भयो।