सिभिल बैंकले पियाजियो ब्राण्डका सवारी खरिद गर्न ६.९८% ब्याजदरमै कर्जा दिने

0
Shares

सिभिल बैंक (CBL) लिमिटेड र विवेक अटोमोवाईल्स् बिच व्यबसायीक सहकार्य सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा विवेक अटोमोवाईल्स्का तर्फबाट अध्यक्ष विवेक दुगडले हस्ताक्षर गरेका हुन्।

उक्त सम्झौतापत्र अनुसार विवेक अटोमोवाईल्स्बाट पियाजियो ब्राण्डका तीन पाङ्ग्रे सवारी खरिद गर्न महिला ग्राहकहरुलाई विवेक अटोमोवाईल्स्को सिफारिसमा सिभिल बैंक लिमिटेडले ७० प्रतिशतसम्म ४ वर्षे कर्जा सुबिधा प्रदान गर्ने छ ।

सो कर्जा नेपाल राष्ट्र बैंकद्वारा जारी ६% व्याज अनुदान कार्यक्रम अन्तर्गत महिलाहरुद्वारा संचालित व्यवसायिक फर्महरुलाई प्रदान गरिने छ । सो अनुदान पछि वार्षिक व्याजदर ६.९८% मा सो कर्जा सुबिधा प्रदान गरिने बैंकले जनाएको छ।

हालसम्म ४ लाख ३० हजार भन्दा बढी ग्राहकहरु रहेको करीव ५४ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव ५२ अर्व कर्जा लगानी गरेका छ भने सिभिल बैंकको ११२ वटै शाखाहरु मार्पmत यो कर्जा सुबिधा प्रदान गरीने पनि बैंकले जनाएको छ ।

 

प्रकाशित मिति: २ चैत २०७६, आइतबार  १७ : ५४ बजे