आँखुखोला जलविद्युतको नोक्सानीमा सुधार

0
Shares

आँखु खोला जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा दुई करोड ६१ लाख रुपैयाँले नोक्सानी व्यहोरेको छ । गत आवको यसै अवधिको तुलनामा कम्पनीको नोक्सानी ९२ लाख ९० हजार रुपैयाँले नोक्सानी सुधार भएको छ ।

गत आवको यसै अवधिमा कम्पनीले तीन करोड ५४ लाख रुपैयाँले नोक्सानीमा थियो ।  चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २१ करोड ३८ लाख रुपैयाँ नोक्सानीमा छ ।

कम्पनीले विद्युत बिक्री मार्फत चालु आर्थिक वर्षको नौ महिनामा १५ करोड ९० लाख रुपैयाँ आर्जन गरेको छ । गत आवको यसै अवधिमा १६ करोड ८ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको कम्पनीको आम्दानी १७ लाख ५९ हजार रुपैयाँले घटेको हो।