बजाज मोटरसाइकलको पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम प्यूठानमा

0
Shares

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले प्यूठानमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम “न्यू विज्ञान सप्लायर्स” को उद्घाटन गरेको छ ।

अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले नयाँ शोरुम संचालनमा ल्याएको हो । यस उद्देश्यलाई सार्थक बनाउन न्यू विज्ञान सप्लायर्स, प्यूठानका प्रोपराइटर सुशील कर्माचार्यलाई डिलरसीप प्रदान गरेको छ।

नयाँ शोरुम शुभारम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का एक्जुकेटिभ डाइरेक्टर अभिमन्यू गोल्छाले भने, “हामी प्यूठानमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । प्यूठानमा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।”

शोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई आकर्षक उपहारको व्यवस्था पनि गरिएको थियो।