पोर्चुगलमा पनि भेटियो कोरोना, पहिलो ‘केश’ नेपालीमा देखियो


पाेर्चुगलमा नेपालीलाई काेराेना संक्रमण भएकाे पाईएकाे छ । कृषि फार्ममा काम गर्ने एक नेपालीलाई काेराेना संक्रमण भएकाे स्थानीय प्रशासनलाई उदृत गर्दै अन्तरास्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

पाेर्चुगलकाे फाराे नगरपालिका अन्तरगतकाे क्षेत्रमा पर्ने उक्त कृषि फर्ममा काम गर्ने नेपालीलाई संक्रमणकाे आशंका पछि अस्पतालमा जाँच गराईएकाे थियाे । उनमा देखिएकाे संक्रमण मुलुककै पहिलाे ‘केश’ भएको पाेर्चुगल सरकारले जनाएको छ ।

परिचय नखुलाईएका ती नेपालीसंगै काम गर्ने अन्य ३५ नेपाली, करिब १० जना बंगलादेशी तथा पाकिस्तानीलाई पनि स्वास्थ्य परिक्षणका लागि क्वारिन्टिनमा राखिएको जनाईएकाे छ ।