नेपाल स्टक एक्सचेञ्जमा चैत ४ गते मंगलबार ५ लाख १५ हजार ७४६ कित्ता शेयर सूचीकृत भएको छ। नेप्सेका अनुसार आईसीएफसी फाइनान्स र गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आवको मुनाफाबाट वितरण गरेका बोनस सूचीकृत गराएका हुन्।
नेप्सेका अनुसार आईसीएफसी फाइनान्सको ४ लाख ४३ हजार २९६ कित्ता र गणपति माइक्रोफाइनान्सको ७२ हजार ४५० कित्ता शेयर सूचीकृत भएको हो।
प्रतिक्रिया