नेप्सेमा दुई कम्पनीको ५ लाख १५ हजार कित्ता बोनस सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्जमा चैत ४ गते मंगलबार ५ लाख १५ हजार ७४६ कित्ता शेयर सूचीकृत भएको छ।  नेप्सेका अनुसार आईसीएफसी फाइनान्स र गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आवको मुनाफाबाट वितरण गरेका बोनस सूचीकृत गराएका हुन्।

नेप्सेका अनुसार आईसीएफसी फाइनान्सको ४ लाख ४३ हजार २९६ कित्ता र गणपति माइक्रोफाइनान्सको ७२ हजार ४५० कित्ता शेयर सूचीकृत भएको हो।

प्रकाशित मिति: ४ चैत्र २०७६, मंगलबार  १८ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।