सहारा विकास बैंकको ९ लाख २१ हजार कित्ता शेयर लिलामीमा

0
Shares

सहारा विकास बैंक लिमिटेड (SHBL) ले ९ लाख २१ हजार १४८ कित्ता शेयर लिलामी मार्फत बिक्री गर्ने भएको छ । बैंकले हकप्रदमा बिक्री नभएको संस्थापक तर्फको शेयर लिलामीमा राखेको हो। 

बैंकले २०७५ जेठरअसारमा हकप्रद शेयर बिक्री गरेको थियो । उक्त अवधिमा आवेदन नपरेको शेयर लिलाम बिक्री गर्न लागेको हो। लिलामीको शेयर खरिदका लागि इच्छुक लगानीकर्ताले चैत १२ गतेदेखि १९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ।

बैंकको शेयर बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले एनआईबिएल एस क्यापिटल लिमिटेडका सम्पूर्ण शाखा कार्यालय, नेपाल इन्भेष्टमेन्ट बैंकका नारायणगढ, हेटौँडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, सुर्खेत, नेपालगन्ज र धनगढी शाखा कार्यालय, सहाला विकास बैंकका शाखा कार्यालय र ग्रीन डेभलपमेन्ट बैंकको बागलुङबाट आवेदन दिन सक्नेछन्।

लिलामी शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरि बोलकबोल गर्नुपर्नेछ। जसमा न्यूनतम एक हजार कित्ताका लागि आवेदन गर्नुपर्ने बिक्री प्रबन्धकले जनाएको छ।