सर्पोट माइक्रोफाइनान्सको सञ्चालकको राजीनामा स्वीकृत

0
Shares

सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था (SMB) को सञ्चालक शिशिर दाहालको राजीनामा स्वीकृत भएको छ।

लघुवित्त सञ्चालक समितिको चैत ५ गते सम्पन्न १४२ औं बैठकले दाहालको राजीनामा स्वीकृत गरेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत कुलमणी तिम्सिनाले जानकारी दिए।

सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गरिरहेका सञ्चालक दाहालले व्यक्तिगत तथा घरायसी कारण देखाई राजीमा दिएका थिए।

प्रकाशित मिति: ६ चैत २०७६, बिहीबार  १० : ४९ बजे