नेपाल इन्भेष्टमेण्ट बैंकले १०.२५% ब्याजदरमा चार अर्बको ऋणपत्र निष्काशन गर्ने

0
Shares

नेपाल इन्भेष्टमेण्ट बैंकले ४ अर्ब बराबरको ऋणपत्र निष्काशनका लागि आरविविमर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा विक्री प्रबन्धक र ऋणपत्र निष्काशनको डिबेञ्चर ट्रष्टीमा नियुक्त गरेको छ ।

बैंकले १०.२५ प्रतिशत ब्याजदरको सात वर्षे समयवधिमा फिर्ता भुक्तानी गर्ने गरि ऋणपत्र निष्काशन गर्न लागेको हो।

प्रति कित्ता एक हजार रुपैयाँका दरले निष्कासन हुने ४० लाख कित्तामध्ये २ अर्ब ४० करोड बराबरको २४ लाख कित्ता परिपत्र मार्फत तथा १ अर्ब ६० करोड बराबरको १६ लाख कित्ता ऋणपत्र सार्वजनिक निष्काशन प्रकृयाबाट सर्वसाधारणमा बिक्री गरिन बैंकले जनाएको छ।

उक्त ऋणपत्र निष्काशनको लागि चैत ६ गते बिहीबार निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर भएको हो।

उक्त सम्झौतपत्रमा नेपालइन्भेष्टमेण्ट बैंक लिमिटेडको तर्फबाट प्रमुखकार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र आरविविमर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका थिए ।

आरविविमर्चेन्ट बैकिङ्गलि। राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहि धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकिङ्ग लिमिटेड हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको प्रतिवेदनअनुसार नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी १४ अर्ब २२ करोड १० लाख ७२ हजार ७५६ रुपैयाँ तथा जगेडा कोषमा १० अर्ब १३ करोड ५२ लाख ४६ हजार ६२७ रुपैयाँ छ । जसको प्रति शेयर आम्दानी रु २३.४३ रहेको छ । साथै बैंकको संचित आय १ अर्ब ८१ करोड ४१ लाख ४५ हजार ७८३ रुपैयाँ रहेको छ ।