अर्थतन्त्रमा संकुचन आउन नदिन उपयुक्त कार्यक्रम ल्याउने प्रधानमन्त्रीको घोषणा

0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको कारण अर्थतन्त्रमा संकुचन आउन नदिन उपयुक्त कार्यक्रम ल्याउने घोषणा गरेका छन् ।

शुक्रबार देशबासीका नाममा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले कुनै पनि कसर बाँकी नराख्ने बताउदै उनले देशवासीलाई आतंकित नभई धैर्य राख्न अनुरोध समेत गरेका छन्।

प्रधानमन्त्री ओलीले शुक्रबार देशबासीलाई संबोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न आग्रह गरेका हुन् ।

जसका लागि सरकारसँग सहकार्य गर्न प्रधानमन्त्री ओलीले निजीक्षेत्रलाई आग्रह समेत गरेका छन् । सरकारले कोरना भाइरस संक्रमणको नियन्त्रणका लागि यस अघि सार्वजनिक गरेका कार्यक्रमहरुमा सहयोग प्ुर्याउन समेत प्रधानमन्त्री ओलीले सम्बोधन मात्र आह्वान गरेका छन् ।

प्रधानमन्त्री ओलीले चैत ९ देखि १८ गतेसम्म विदेशबाट नेपाल आउने सबै प्रतिबन्ध लगाउने घोषणा गर्दे चैत १० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने जानकारी समेत गराए।

यसअघि सरकारले २५ जनाभन्दा बढी समूहमा जम्मा नहुन, भीड हुने ठाउँमा सकेसम्म नजान र अत्यावश्यक बाहेकका काममा घरबाट ननिस्कन निर्देशन दिइसकेको छ । साथै सरकारले सिनेमा हल, बार, रेष्टुराँ, क्लब तथा सम्पूर्ण शैक्षिक संस्थाहरु, शैक्षिक परामर्श संस्था बन्द गरिसकेको छ।

नेपालले कोरोना भाइरस संक्रणको व्यवस्थापनका लागि सार्क कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने भएको छ । प्रधानमन्त्री ओलीले आज देशबासीका नाममा सम्बोधन गर्दै सार्क कोषमा १० करोड रकम जम्मा गर्ने जानकारी दिएका हुन् ।