कोरोनाको अशंका लागेमा ११८० मा सम्पर्क गर्नुसः महानगर

0
Shares

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले कसैलाई कोरोना संक्रमणको आशंका भएमा टोल फ्रि नं ११८० मा खबर गर्न अनुरोध गरेका छन्।

शाक्यले विज्ञप्ति मार्फत काठमाडौं महानगरपालिका (कामपा)को सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा १०२ तथा महानगरको टोल फ्रि नं ११८० मा खबर तथा सूचना दिन अनुरोध गरेका हुन्।

उनले विश्वव्यापी महामारीका रूपमा फैलिँदै गएको कोभिड–१९ को सन्त्रास रहेको र त्यो सन्त्रासबाट जोगिन सजगता अपनाउन सबैसँग अपिल गरेका छन्।

प्रकाशित मिति: ८ चैत २०७६, शनिबार  १६ : ४४ बजे