शेयर बजारको विषयलाई लिएर नेप्से र सेबोनलाई मन्त्रालयले छलफलमा बोलायो, शेयर कारोबार खुल्ने

0
Shares

कोरोना भाइरसको संक्रमणको विषयलाई लिएर शेयर बजार बन्द गर्नु पर्ने लबिगं तिब्र बन्दै गर्दा बजार खुल्ने भएको छ । आइतबार कुर्नै पनि किसिमको निर्णय नहुने भए पछि शेयर कारोबार खुल्ला हुने भएको हो ।

बिहानैदेखि नेपाल स्टक एक्सचेञ्ज तथा धितोपत्र बोर्डमा बजारको विषयलाई लिएर के गर्ने भन्ने विषयमा छलफल चलेको थियो । छलफलका क्रममा शेयर बजार बन्द गर्नु पर्ने कारण प्रष्ट नभएको निष्कर्ष निस्किएको छ । अन्य मूलुकमा पनि बजार सुचारु रहेको अवस्थामा बजार बन्द गर्नु परिहाल्ने अवस्था नदेखिएको भन्दै मन्त्रालयलाई सोही विषयमा जानकारी गराउने बुझिएको छ ।

मन्त्रालयले पनि यस सम्बन्धमा थप छलफलका लागि नेप्से तथा धितोपत्र बोर्डका प्रतिनिधिलाई छलफलमा बोलाएको स्रोतले नोटबजारलाई बतायो । स्रोतले भनेको छ, आइतबार शेयर कारोबार सुचारु हुन्छ, भोलिबाट के गर्ने वा नगर्ने भन्नेमा मन्त्रालयबाट केही निर्णय होला ।

नोटबजारलाई प्राप्त जानकारी अनुसार गत बिहीबारसम्म भएको कारोबारको राफसाफ तत्काल नगराउने, भैपरि आउने समस्या टार्न मध्यमस्तरका तथा साना लगानीकर्तालाई सहयोग उपलब्ध गराउने लगायतका विषय अघि सार्दै बजार बन्द गराउनु पर्ने लबिगं तिब्र पारिएको छ ,

यसै बिच लगानीकर्ताहरुले बजार बन्द गर्नु पर्ने माग गर्दै नेपाल स्टक एक्सचेञ्जमा ज्ञापन पत्र बुझाएका छन् । आइतबार कारोबार बन्द नहुने भए पछि लगानीकर्ताले नेप्सेमा पुगेर बजार बन्द गर्न माग गरेका हुन् ।