औषधि, मास्क र स्यानीटाईजरसहितका वस्तु निकासीमा रोक

0
Shares

कोरोना उपचार र रोकथामका लागि अति आवश्यक स्वास्थ्य सामाग्री निर्यातमा सरकारले रोक लगाएको छ ।

सम्भावित जोखिममा आभाव नहोस भन्दै औषधि, मास्क, स्यानीटाईजर, पीपीई र स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पन्जा निर्यातमा रोक लगाएको भन्सार विभागले जनाएको छ ।

कोरोना सुरक्षाका लागि नभई नहुने पाँच थरीका वस्तुहरु निर्यातमा शनिबार देखि रोकिएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए । कसैले त्यस्ता वस्तु निकासी गर्न खोजेमा रोक्न सबै भन्सार कार्यालयहरुलाई पत्राचार गरिसकिएको पनि उनले बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहमा स्वस्थ्यसंग अतिआवश्यक वस्तुको निर्यातमा रोक लगाइएको दाहालको भनाई छ ।

प्रकाशित मिति: ९ चैत २०७६, आइतबार  १३ : ०७ बजे