आरटिजीएस मार्फत बैंकिङ कारोबार गर्दा शुल्क नलाग्ने

0
Shares

नेपाल राष्ट्र बैंकले रियल टाइम सेलमेन्ट मार्फत वित्तीय कारोबार गर्दा शुल्क नलाग्ने भएको छ । विश्व ब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्नका लागि पनि केन्द्रीय बैंकले विद्युतीय कारोवारलाइ जोड दिएको हो ।

नेपाल राष्ट्र बैंकले लागू गरेका आरटीजीएस प्रणाली चालु आर्थिक वर्षको अर्धवार्षिक समिक्षा मार्फत विकास बैंकहरुलाई पनि अनिवार्य गरीएको छ ।

यसभन्दा अघि बाणिज्य बैंकहरुले मात्र आरटिजिएस मार्फत वित्तीय कारोबार गर्दै आएका थिए ।

बैंकले द्यिुतीय कारोबारलाइ प्रोत्साहन गर्नका लागि सोमदेखि अर्को व्यवस्था नहुदासम्मका लागि राटिजीएस मार्फत हुने कारोबारमा शुल्क नलाग्ने जनाएको हो ।

आरटीजीएस प्रणालीमा ठूलो आकारका र तत्काल भुक्तानी गर्नुपर्ने कारोबारहरु सदस्य बैंक र वित्तिय संस्थाहरुबीच गरिन्छ । आरटीजीएस प्रणालीलाई तत्काल फण्ड प्राप्तगर्न र अन्य भुक्तानी प्रणालीको फर्छौट सम्बन्धी जोखिम न्यूनीकरण गर्न प्रयोगमा ल्याइएको हो ।

२ लाख रुपैयाँ भन्दा तलको कारोबार गर्न नमिल्ने यो प्रणाली माफृत कारोबार गर्दा निश्चित शुल्क लाग्ने गरेकोमा केन्द्रीय बैंकले सोमबारदेखि कोरोना भाइरसका कारण निुशल्क गरेको हो ।