बैदेशिक रोजगार बोर्डले शव ढुवानी बाहेकको सबै काम स्थगित गर्यो


बैदेशकि रोजगार बोर्डले शव ढुवानी बाहेकका सबै कामहरु स्थगित गर्ने भएको छ । बोर्डले प्रधानमन्त्रीको सम्बोधनलाई मध्यनजर गर्दै कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम आउन नदिन यस्तो निर्णय गरिएको जनाएको छ ।

समयमा नै सतर्कता अपनाउनका लागि यस्तो निर्णय गरिएको भन्दै बोर्डले सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।