आगामी आइतबारसम्म शेयर कारोबार बन्द रहने, भैसकेका कारोबारको राफसाफ हुने

0
Shares

नेपाल धितोपत्र बोर्डले चैत १० गते सोमबारदेखि लागू हुने गरी पाँच (५) कारोबार दिनका लागि धितोपत्र बजार बन्द गर्ने निर्णय गरेको छ।

बोर्ड संचालक समितिको चैत ९ गते आइतबार बसेको बैठकले हाल देशमा कोरोना भाईरसको त्रासबाट सिर्जित विषम परिस्थिति र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको परामर्श समेतलाई मध्यनजर गर्दे बोर्डको विशेषाधिकार प्रयोग गरी कारोबार बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

साथै बोर्डले लगानीकर्ताहरुको हकहित प्रवद्र्धनका लागि धितोपत्र बजारमा भैसकेका कारोबारको नियमानुसार राफसाफ तथा फछ्र्यौट गर्ने/गराउने गरी कारोबार रोक्का गरेको प्रष्ट्र पारेको छ।

बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० को उपदफा १ को खण्ड (घ) बमोजिम बोर्डको विशेषाधिकार प्रयोग गरी धितोपत्र बजार बन्द गर्न नेपाल स्टक एक्सचेञ्ज लि. लाई आदेश दिने निर्णय भएको विज्ञप्ति मात्र जनाएको छ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोनाको प्रकोप, त्यसको रोकथाम र नियन्त्रण सम्बन्धमा सम्मानीय प्रधानमन्त्रीज्यूको सम्बोधन, नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको पछिल्लो निर्णय, नेपाल सरकारबाट हाल भैरहेका प्रयासहरु, बजार सम्बद्ध पक्षहरुको हालको परिस्थिति सम्बन्धमा दिइएको ज्ञापनपत्रहरु तथा सोमा व्यक्त बजार प्रतिको चासोलाई दृष्टिगत गरी लगानीकर्ताको हित प्रवद्र्धनका लागि धितोपत्र बजार बन्द गर्ने निर्णय भएको बोर्डले जनाएको छ।