कोरोना संक्रमित नेपाली महिलाले बेलायतस्थित आईसोलेसनबाट दिइन् यस्तो सन्देश

0
Shares

बेलायतको लण्डनमा बसोबास गर्दै आएकी एक नेपाली महिलाले आफूलाई कोराना भाइरस (कोभिड १९) भएको पुष्टि गर्दै सबै नेपालीलाई सचेत बन्न आग्रह गरेकी छिन्। आफूले जस्तो पीडा अरुले भोग्नु नपरोस् भन्ने उद्देश्यले यो जानकारी शेयर गरेको उनले बताएकी छिन् ।

लमजुङ तारकुघाटकी भगवती रानाभाटले बेलायतस्थित आईसोलेसनबाट कोभिड १९ संक्रमण अत्यन्तै पीडादायी हुने बताएकी हुन्। उनले आफूलाई १३ दिनसम्म पनि अत्यन्तै पीडा भइरहेको बताएकी छिन् ।

रानाभाटले आफू उपचाररत आईसोलेसन वार्डबाट लेखेकी छिन् ‘१० दिनको सेल्फ आइसोलेसनपछि कोभिड–१९ सँग लड्दै। यो महामारी कति पीडादायक हुँदो रहेछ, आज १३ दिनसम्म पनि निको हुने छाँटकाटै छैन। फेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथीभाईलाई थप भयावह बनाउला भन्ने लाग्यो तर सोचेँ सबैले सावधानी अपनाउन सक्नुहुनेछ। हजुरहरू सबैलाई विशेष सावधान रहन अनुरोध।’