विश्व स्वास्थ्य संगठनले कोभिड विरुद्ध लड्न दिएको पछिल्ला सुझावहरु


विश्व स्वास्थ्य संगठनले शुक्रबार राती गरेको नियमित पत्रकार सम्मेलनमा कोभिड विरुद्ध व्यक्तिले कसरी लड्ने भनेर ९ वटा सुझावहरु दिएको छ ।

संगठनक प्रमुख डा अधानोम टेड्रोसले पत्रकार सम्मेलनका क्रममा दिएका ९ सुझावहरु यस्ता छन् ।

१ स्वस्थ र पौष्टिक आहार खानुहोस, जसले तपाईँको रोग प्रतिरक्षा प्रणालीलाई ठीकसंग कार्य सम्पादन गर्न सहयोग गर्दछ ।

२ मदिराज्य पदार्थको सेवनलाई सीमित गर्नुहोस् । गुलियो पेय पदार्थहरु नलिनुहोस् ।

३ धूम्रपान नगर्नुहोस । यदि तपाईँ कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनु भयो भने धूमपानले गम्भीर रोगको जोखिम बढाउन सक्छ ।

४ शारीरिक व्यायम गर्नुहोस । विश्व स्वास्थ्य संगठनको मापदण्डले भने झैँ बयस्कहरुले दैनिक कम्तिमा ३० मिनेट र बच्चाहरुलाई दैनिक १ घण्टा शारीरिक व्यायम गर्न लगाउनु होस् ।

५ यदि तपाईँ घरभित्रै लकडाउन अर्थात बाहिर निस्कन सक्ने अवस्थामा हुनु हुन्न भने व्यायाम गर्नुहोस्, नाच्नुहोस्, योगा गर्नुहोस् ।

६ यदि तपाईँलाई यो बेला नियमक निकायले अनुमति दिएको छ भने बाहिर पैदल यात्रा गर्नुहोस, दौडनु होस, सवारीमा समेत जानुहोस तर अरुसंगको दूरी राख्नुहोस ।

७ घरमै बस्नु भएको छ काम गरिराख्नु भएको छ भने लामो समय एउटै आसनमा नरहनुहोस । तपाईँले कम्तिमा हरेक ३० मिनेटमा ब्रेक लिनुहोस् । घरमा कसरी स्वस्थ रहेर बस्ने भन्ने बारेमा हामी आउने दिनमा पनि सल्लाह दिनेछौँ ।

८ तपाँईको मानसिक स्वास्थ्यमा ख्याल गर्नुहोस् । यो संकटको बेला तनाव अलमल र डराउनु सामान्य कुरा हो ।

९ यस्तो बेलामा तपाईँले आफ्ना चिनजान र विश्वासिला व्यक्तिसंग कुरा गर्ने गर्नुहोस । संगीत सुन्नुहोस, किताब पढनुहोस् अथवा गेम खेल्नुहोस् ।