कोरोना विरुद्ध लड्न ग्लोबल आइएमई बैंकको १ करोड १५ लाख सहयोग

0
Shares

ग्लोबल आइएमई बैंकले कोरोना भाईरस (कोभिड –१९) विरुद्ध लड्न नेपाल सरकारले मिति २०७६ चैत्र ९ गते घोषणा गरेको “कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष” मा रु. १ करोड रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ ।

साथै सोही प्रयोजनार्थ बैंकले कान्तिपुर पब्लिकेसनद्वारा स्थापित “कान्तिपुर कोभिड–१९ रोकथाम” कोष मार्फत रु १५ लाख आर्थिक सहयोग समेत उपलब्ध गराउने निर्णय गरेकोे छ ।

कोभिड – १९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली पनि उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएकोे छ ।

बैंकले स्थापनाकाल देखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ र आगामी दिनहरुमा समेत यस्तो सहयोग लाई निरन्तरता दिँदै जानेछ ।