लकडाउन कडाईका साथ कार्यान्वयन गर्न सबै सुरक्षा निकायलाई गृहको निर्देशन

0
Shares

गृह मन्त्तालयले देशैभरको लकडाउन कडाईका साथ कार्यान्वयन गर्न सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ। मन्त्रालयले सोमबार बेलुकी एक निर्देशन जारी गर्दै प्रहरी, शसस्त्र प्रहरी, सबै प्रमुख जिल्ला अधिकारी तथा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई यस्तो निर्देशन दिएको हो।

सरकारले तोकेको बाहेकका सवारी साधन तथा व्यक्तिलाई निश्कनबाट रोक्न कुनै कसर बाँकी नराख्न पनि गृहको निर्देशनमा भनिएको छ।