कोरोना माहामारीः एक लाखमा फैलिन ४३ दिन, २ लाखमा जम्मा १३ दिन

0
Shares

कोरोना २२ जनावरीमा पहिलो पटक चीनको हुवेवी प्रान्तमा देखिएको थियो । उक्त दिन ५ सय ८० जनामा देखिएको उक्त संक्रमण ४३ दिनमा एक लाख मानिसमा फैलिएको थियो ।

मार्च ६ मा एक लाख २ हजारमा संक्रमण भएको कोरोना ११ दिनमा १८ मार्चमा २ लाख १८ हजारमा फैलिएको थियो । थप तीन दिन २१ मार्चमा उक्त फेलावट ह्वात्तै बढेर ३ लाख ५ हजारमा पुगेको थियो ।

पछिल्लो दुई दिनमा रोगको फैलावट ३३ हजारले बढेको छ । माहामारीको फैलिंदा दर निकै उच्च रहेको भन्दै विश्व स्वास्थ्य संगठनले सचेत रहन सबैलाई आग्रह गरेको छ ।

मंगलबार बिहानसम्म संसारका १९५ मुलुकका ३ लाख ७८ हजार ७४१ जनामा संक्रमण पुष्टी भईसकेको छ । जसमध्ये १६ हजार ४ सय ९६ जनाको मृत्यु भईसकेको छ भने १ लाख १ हजार ६०८ जना मानिसमा भाईरस निको भएको छ ।

पछिल्लो समय एशियाको इरान र युरोपको इटाली, फ्रान्स, स्पेन तथा अमेरिका बढी मात्रामा कोरोनाले प्रताडित बनेका छन् ।

प्रकाशित मिति: ११ चैत २०७६, मंगलबार  ०८ : ०४ बजे