लकडाउनको दोस्रो दिन थप कडाई सर्वसाधारणको चहलपहल ठप्प (फोटो फिचर)

0
Shares

सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सरकारले लकडाउन घोषणा गरेको दोस्रो दिन चैत १२ गते बुधबार उपत्यकामा सवारी साधन चलाउनेहरुप्रति थप कडाई गरिएको छ।

बुधबार दुबईबाट फर्किएका एक नेपालीमा कोरोना पुष्टि भएपछि सरकारले थप कडाई गरेको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ भने एक निको भएर घर फर्किसकेका छन्।

मुलुकभर लकडाउन भएसँगै शहरी क्षेत्रहरु सुनसान बनेका छन्। यद्यपी आवासीय क्षेत्रका भित्री सडकहरुमा भने केही सर्वसाधारणहरु अझै घरबाट बाहिरि निस्किरहेका छन्।

बिहानैदेखि उपत्यकाका सबै स्थानहरु सुनसान बनेका केही तस्बिरहरु:-