स्वास्थ्य सेवासँग सम्बन्धित उपकरण आयातमा एक लाख डलर सटही सुविधा

0
Shares

नेपाल राष्ट्र बैंकले स्वास्थ्य सेवासँग सम्बन्धित उपकरण र औषधि लगायतका सामान आयात गर्दा दिने विदेशी मुद्र्रा सटहीको सुविधा बढाएको छ ।

केन्द्रीय बैंकले एक निर्देशन जारी गर्दै कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने औषधिजन्य सामाग्री तथा मेडिकल उपकरण आयातका लागि १ लाख अमेरिकी डलरसम्मको टिटी र ड्राफ्ट सुविधा उपलब्ध गराउने निर्णय गरेको हो ।

यसअघि यस्तो सीमा ३० हजार डलरसम्मको थियो। 

राष्ट्र बैंकले एक लाख अमेरिकी डलरभन्दा बढीको टिटी सुविधा आवश्यक परेमा स्वास्थ्य सेवा विभागको सिफारिसमा उपलब्ध गराउने जनाएको छ।