विश्वकप लिग–२ अन्तर्गत नेपालले नामिबियामा खेल्ने सिरिज स्थगित

0
Shares

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले नामिबियामा खेल्ने दोस्रो चरणको सिरिज स्थगित भएको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नामिबियामा हुने सातौं चरणको सिरिज स्थगित भएको जनाएको छ ।

आईसीसीले विज्ञप्ती जारी गर्दै जुन ३० भन्दा अघि रहेका सबै प्रतियोगिता सरेको जानकारी दिएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण सबै प्रतियोगिता सारिएको आईसीसीले जनाएको छ ।

सिरिजमा नेपाल सहित घरेलु टोली नामिबिया र स्कटल्याण्ड सहभागी हुने तय थियो ।

यसअघि, लिग–२ अन्तर्गत दोसो तथा सातौं चरणको खेल अप्रिल २० देखि २७ सम्म नामिबियामा हुने तालिकामा उल्लेख थियो ।

यस्तै, आईसीसीले सातौं चरणको लिग सेप्टेम्बरमा हुने बताएको छ । तर मिति भने केही समय पछिनै घोषणा हुनेछ ।

यसअघि छैटौं चरणको लिग समेत कोरोनाको प्रभावका कारण सरेको थियो ।

लिग–२ प्रतियोगिता सन् २०२३ विश्वकप छनोट प्रतियोगितामा पुग्ने सुनौलो अवसर हो । जहाँ ७ राष्ट्रले ३४ एकदिवसीय अन्तराष्ट्रिय म्याच खेल्ने गर्छन् ।

तालिकाको शीर्ष तीन टिमले सिधै विश्वकप छनोट खेल्न पाउने छन् । नेपालले एक सिरिजमा ४ खेल खेल्दै २ मा जित र २ मा हार ब्यहोरेको छ ।

प्रकाशित मिति: १३ चैत २०७६, बिहीबार  १३ : २४ बजे