सन्तानब्बे वर्षीया एक महिलाले जितिन् कोरोनालाई, सङ्क्रमणबाट मुक्त

0
Shares

दक्षिण कोरियामा एक ९७ वर्षीया महिला कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त भएको समाचार संस्था योन्हाप न्यूजले जनाएको छ।

ती महिलाबारे थप जानकारी दिइएको छैन, तर यसलाई वृद्धवृद्धाको हकमा झन् घातक मानिएको कोरोनाभाइरसविरुद्धको सकारात्मक समाचार भनिएको छ।

उनी कोभिड-१९ रोगबाट निको हुने सबैभन्दा वृद्ध व्यक्ति बनेकी छन्।यसअघि चीनले मार्चमा १०० वर्षीय पुरुष कोरोनाभाइरसको सङ्क्रमणबाट मुक्त भएको बताएको थियो।