कोरोना विरुद्धको अभियानमा विशाल ग्रुपको एक करोड सहयोग

0
Shares

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिमले भयावह रुप लिइरहँदा विशाल ग्रुप अन्तर्गतको भीजी फाउन्डेसनले यो संकट विरुद्धको सरकारी अभियानलाई मद्दत गर्न र आवश्यक उपकरण तथा सावधानीका सामग्री उपलब्ध गराउन एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

भीजी फाउन्डेसनले अब एन ९५ मास्क, स्यानिटाइजर, संक्रमितको उपचारका क्रममा प्रयोग हुने पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई), इन्फ्रारेड थर्मोमिटर र अन्य स्वास्थ्य सामग्री आपुर्ति गरेर नेपालका विभिन्न स्वास्थ्य केन्द्रहरुमा उपलब्ध गराउन अन्तर्राष्ट्रिय आपुर्तिकर्ताहरुसँग सहकार्य गरिरहेको छ ।

‘यो संकटविरुद्ध लागि रहेका स्वास्थ्यकर्मी र यसको प्रभावभोगिरहेकालाई सहयोग गर्न प्रतिबद्ध सबै सहकर्मीहरुप्रति विशाल ग्रुप धेरै गर्व गर्छ, आशा छ हाम्रो यो सहयोगले स्वास्थ्यकर्मी र सर्वसाधारणलाई केही राहत दिनेछ ।’ कम्पनीको विज्ञप्तिमा भनिएको छ।

कोरोना भाइरसकको त्रास सुरु भएपछि भीजी फाउन्डेसनले विर अस्पताल, थापाथली अस्पताल (प्रसुती गृह) र कान्तिबाल अस्पतालमा ह्यान्ड स्यानिटाइजर र सर्जिकलमास्कहर वितरण गरेको जनाएको छ।

फ्रन्ट लाइनमा रहेर सर्वसाधारणको सुस्वास्थ्यकालागितीव्र गतिमा फैलिरहेको यो संकटको सामना गरिरहेका चिकित्सक र स्वास्थ्य कर्मीहरुलाई विशाल ग्रुप सम्मान गर्न चाहन्छ । हामीलाई आशा छ, हाम्रो यो सहयोगले स्वास्थ्यकर्मी र सर्वसाधारणलाई केही राहत दिने विश्वास कम्पनीको छ।

साथै, कोरोनाको संक्रमण फैलन नदिन नेपाल सरकार चालेका कदमहरुको हामी समर्थन गर्छौं । हामी सर्वसाधारण जनतालाई अपिल गर्न चाहन्छौं कि सरकारले लागू गरेको प्रतिबन्ध र लकडाउन हामीसबैको सुरक्षाको लागिहो र सबै मिलेर यसको पालना गरौं।

यो विषम परिस्थितिमा भीजी फाउन्डेसन आफ्नो स्रोत र शिपको माध्यमबाट मुलुकलाई सहयोग गर्न प्रतिबद्ध छ र भविष्यमाआवश्यकता र क्षमताअनुसार यसलाई विस्तार गर्न तत्पर छ । कम्पनीद्धारा जारी विज्ञप्तिमा भनिएको छ।