हिमालयन बैंकको सिइओमा पुनः अशोक राणा नियुक्त

0
Shares

हिमालयन बैंक (HBL) को प्रमुख कार्यकारी अधिकृतमा पुनः अशोक राणा नियुक्त भएका छन् ।

सोमबार बसेको संचालक समितिको बैठकले सिइओ राणाको कार्यकाल थप गरेको हो । उनको आगामी कार्यकाल बैशाखबाट लागू हुने छ।

राणाले विगत १२ वर्षदेखि बैंकको सिइओको रुपमा जिम्मेवारी सम्हाल्दै आएका छन् । बैंक तथा वित्तिय संस्था ऐन (बाफिया) बमोजिम राणाले अब एक कार्यकाल सिइओको रुपमा काम गर्न पाउछन् ।

हाल बैंकमा २० प्रतिशत शेयर हिस्सा रहेको पाकिस्तानको हविव बैंक २७ बर्षे सहयात्रा तोडेर विदा हुदैछ ।

उसको ठाउँमा बेलायतको कमनवेल्थ डेभलपमेन्ट करपोरेसन (सिडिसी) आउने भएको छ । उसलाई भित्र्याउनका लागि राणाको ठूलो भुमिका हुनुपर्ने भएकोले पनि उनलाई समितिले निरन्तरता दिएको जनाएको छ ।