दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारले गर्यो यस्ता निर्णय

0
Shares

सरकारले दैनिक उपभोग्य खाद्य वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहज बनाउनको लागि बिभिन्न ६ निर्णय गरेको छ। 

१.काठमाण्डौं उपत्यका भित्र रहेका अत्यावश्यक खाद्य वस्तुका सबै स्टोर एवं विक्रेताहरुले आ-आफ्ना डेलिभरी भ्यान मार्फत आवश्यक दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको व्यवस्था मिलाउने ।

२.आवश्यक पर्ने डेलिभरी भ्यानहरुलाई सवारी पासको व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले मिलाउने।

३.पसलहरु संचालन, माग संकलन र वितरण गर्ने कार्यमा आवश्यक पर्ने सुरक्षा व्यवस्था महानगरीय प्रहरी कार्यालयले मिलाउने ।

४. माग संकलन र वितरण गर्ने कार्यलाई सहज र व्यवस्थित गर्नको लागि सबै स्टोर एवं विक्रेताहरुले आ-आफ्नो टोल फ्री नम्बर वा अन्य नम्बर उपलब्ध गराई प्रचार प्रसार गर्ने व्यवस्था मिलाउने । फोन, अनलाइन, अफलाइन मार्फत माग संकलन गरी माग भएका आवश्यक दैनिक उपभोग्य वस्तुहरुको कम्बो प्याक समेत विक्रिवितरण गर्ने ।

५.दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थापनलाई सहज गर्न गराउनको लागि सबै वडा कार्यालयहरुबाट आवश्यक सहजीकरण गर्ने गराउने व्यवस्था काठमाण्डौं महानगरपालिका र सम्बन्धित उपमहानगरपालिका र नगरपालिकाहरुले मिलाउने ।

६. काठमाण्डौं उपत्यका बाहिर रहेका अत्यावश्यक वस्तुका स्टोर एवं विक्रेताहरुले पनि उपरोक्तानुसारको व्यवस्था मिलाई आपूर्ति व्यवस्थापनलाई सहज बनाउने र यस कार्यमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुले सहयोग गर्ने ।

गृह मन्त्रलायले यस जटिल घडीमा कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी जस्ता कार्यहरु गरी बजारमा आवश्यक उपभोग्य खाद्यवस्तुहरुको अभाव बनाएको थाहा भएमा कुनै पनि शुल्क नलाग्ने र २४ सै घण्टा उठ्ने नम्बर ११४९ मा फोन गरी सहयोग गरिदिनु हुन समेत अनुरोध गरेको छ।