हिमालयन बैंकको कोरोना रोकथामका लागि १ करोड २५ लाख सहयोग

0
Shares

हिमालयन बैंक (HBL) ले कोरोना महामारी रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री खरीदका लागि १ करोड २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

देश र जनताप्रति बैंकको उत्तरदायित्वलाई मनन गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारबाट स्थापित कारोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उक्त रकम बराबरको सहयोग गर्ने निर्णय गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले जानकारी दिए।

विश्वभरी फैलिएको कोरोना संक्रमणबाट नेपालमा पनि केही व्यक्ति संक्रमण भएको पुष्टि भएकाले सो रोगबाट बच्न उक्त सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको जनाइएको छ।