प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य, आजै निवास फर्कने

0
Shares

मुटुको धड्कन बढ्ने समस्या देखिएका कारण उपचारका लागि गए राति त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कोर्डियो भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आजै निवास फर्कनुहुने भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भइसकेकाले आजै निवास फर्कने जानकारी उनका निजी चिकित्सक प्रा डा दिव्यासिंह शाहले दिएकी हुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असहज महसुस गरेपछि बिहीबार राती ११ बजे महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो।

प्रधानमन्त्रीलाई असहज महसुस भएपछि राति नै अस्पताल भर्ना

प्रधानमन्त्री ओलीको गत फागुन २१ गते दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । ओली गत फागुन ३० गते सोही अस्पतालबाट दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरि ११ दिनमा बालुवाटार फर्किएका थिए।

ओलीलाई डिस्चार्ज गर्ने बेला उनको उपचारमा संलग्न चिकित्सकले उनी अझै पनि सक्रमणको जोखिममा रहेको भन्दै कडा सावधानी अपनाउन सुझाव दिएका थिए।