साइप्रसमा नो ‘अब्जेक्सन लेटर’ बिना नै ३०० यूरो पठाउन सकिने

0
Shares

साइप्रसमा अध्ययनरत विद्याथीलाई नेपालबाट अध्ययन खर्चका लागि ३०० यूरो वा सो बरावरको विदेशी मुद्रा शिक्षा मन्त्रालयको नोअब्जेक्सन लेटर बिना नै पठाउन सकिने भएको छ । साइप्रसमा अध्ययनरत विद्यार्थीले मात्र यस्तो सुविधा पाउने भएका हुन् ।

नेपाल राष्ट्र बैंकले शुक्रबार निर्देशन जारी गर्दै विद्यार्थीको निर्वाह शुल्क वापतको रकम पठाउँदा निज साइप्रसमा रही अध्ययन गरिहेको कागजात सहित बैंक तथा वित्तीय संस्थामा निवेदन पेश गर्नुपर्ने व्यवस्था गरेको हो । साइप्रस स्थित रकम प्राप्त गर्ने विद्यार्थीका अभिभावकले मात्र नेपालबाट यसरी रकम पठाउन पाउने व्यवस्था केन्द्रीय बैंकले गरेको हो ।

सटही सुविधा माग गर्ने व्यक्तिले अन्य बैंक तथा वित्तीय संस्थाबाट यस प्रकारको सटही सुविधा नलिएको स्वघोषणा गर्नुपर्नेछ ।

त्यसैगरी नेपाल राष्ट्र बैंकका अनुसार सटही सुविधा सम्बन्धी विवरण महिना समाप्त भएको एक साताभित्र बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकमा बुझाउनु पर्ने व्यवस्था गरेको हो । यो रकम दुरुपयोग भएको पाइएमा सम्बन्धित अभिभावक वा आफन्त जिम्मेवार हुनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।