निगमको वाइडबडी मेडिकल सामाग्री लिन आज चीनको ग्वाङजाउ उड्दै

0
Shares

कोरोना भाइरस (कोभिड–१९) रोकथाम, परीक्षण र उपचारमा अत्यावश्यक स्वास्थ्य उपकरण तथा औषधि शनिबारदेखि चीनबाट ल्याइने भएको छ ।

जसका लागि नेपाल वायुसेवा निगमको वाइडबडी विमानलाई आज चीनको ग्वाङजाउमा मेडिकल कार्गो उडानमा जाने भएको छ ।

नागरिक उड्डययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले शनिबार बिहान साढे १२ बजे चीन जाने उक्त विमानमा ३० टन हाराहारी मेडिकल सामग्री ल्याइने बताए।

काठमाडौंबाट खाली उड्ने जहाज मेडिकल सामग्री सहित ११ घण्टापछि राति काठमाडौं अवतरण हुने छ ।

लकडाउनको अवधिमा नेपाली ध्वजावहाक विमानले अन्तर्रा्ष्ट्रिय कार्गो उडान अनुमति प्राप्त गरेको यो पहिलो हो । त्यसपछि व्यापारीहरू आफैंले र सरकारी पहलमा थप सामग्री ढुवानी गर्दै जाने सम्बद्ध अधिकारीहरूले बताएका छन् ।

आइतबार ल्याइर्पुयाइने सामग्रीमा कोरोना संक्रमण फैलन नदिने औषधि, एन–९५ मास्क, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), प्रयोगशालामा सामग्री, थर्मल गन, आईसीयू शय्या, संक्रमण टेस्ट गर्ने किटलगायत छन् । सुरुमा चीनकै कार्गोले सामान ढुवानी गर्ने बताइए पनि पछि नेपाली जहाज नै जाने निधो भएको हो ।

प्रकाशित मिति: १५ चैत २०७६, शनिबार  ०७ : २८ बजे